ad ad

राजनीति


जनादेश र अनेकपटक निर्वाचन मात्रै लोकतन्त्रको सम्पूर्ण कुरा होइन : खनाल

जनादेश र अनेकपटक निर्वाचन मात्रै लोकतन्त्रको सम्पूर्ण कुरा होइन : खनाल

नेपालखबर
पुस २३, २०७७ बिहिबार ९:४४,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विघटन गरेर लोकतन्त्र र संविधानमाथि हमला गरेको आरोप लगाएका छन्।

बिहीबार नेकपाले प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक अगुवासँग गरेको अन्तर्क्रिया कार्यक्रममा नेता खनालले प्रधानमन्त्रीको कदम दुर्भाग्यपूर्ण भएको बताए।

‘पुस ५ गते प्रधानमन्त्रीले जुन ढंगले संसद विघटन गर्नु भो यो संविधानविरुद्धको घटना हो, लोकतन्त्रमाथि हमला हो, नेपाली जनताको स्थायित्वको चाहान र जनादेशमाथिको पनि हमला हो’, उनले भने, ‘यसले राष्ट्र हित गर्दैन।’

उनले राजनीतिक अस्तिरता अन्त्य गर्नेगरी संविधान र ऐनमा त्यही अनुकूलका प्रावधान राखिएको बताए।

उनले लोकतन्त्र, संविधान, स्थायित्व, जनताको आकांक्षा र जनादेशलाई सम्मना गर्नका लागि आफूहरु अगाडि बढेको र त्यसमा सबैको साथ आवश्यक रहेको बताए। उनले संसदको पुनःस्थापना त्यसका लागि अनिवार्य भएको बताए।

उनले ताजा जनादेश लिनका लागि भन्दै प्रधानमन्त्रीले संसद विघटन गरेको तर्क गरेको भन्दै उनले जनादेश र अनेकपटक निर्वाचन मात्रै लोकतन्त्र नभएको बताए।

‘जनादेश लिने भनेर प्रधानमन्त्रीले जुन ढंगले निर्वाचनको घोषणा गर्नुभएको छ, जनादेश र अनेकपटक निर्वाचनमात्र लोकतन्त्रको सम्पूर्ण कुरा होइन’, उनले भने, ‘जनादेश त हिजो पञ्चायतले पनि लिने गर्दथ्यो। पञ्चायतकालमा पनि हामीले अनेकैँ प्रकारले चुनावहरु लड्ने ग¥थ्यौँ तर त्यहाँबाट जनताको स्पष्ट जनमत आउँदैनथ्यो।’

उनले संविधान र लोकतन्त्रको रक्षा अहिलेको मुख्य कार्यभार भएको बताउँदै उनले राजनीतिक दल आन्दोलनमा उत्रिएका बेला नागरिक समाजले पनि साथ दिनु पर्ने बताए। उनले निरंकुशविरुद्धको आन्दोलनमा नगरिक समाजले खेलेको भूमिकाको पनि प्रशंसा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .