राजनीति


ट्रम्पको अवरोधबीच अमेरिकी संसदले राष्ट्रपतिमा बाइडेन विजयी भएको प्रमाणित गर्‍यो

ट्रम्पको अवरोधबीच अमेरिकी संसदले राष्ट्रपतिमा बाइडेन विजयी भएको प्रमाणित गर्‍यो

नेपालखबर
पुस २३, २०७७ बिहिबार ८:४५,

संसदले ट्रम्पले चुनाव हारेको पुष्टि गर्दै बाइडेनसँग राष्ट्रपति बन्न चाहिने २७० भन्दा बढी इलेक्टोरल कलेज भोट भएको जानकारी दिएको हो।

संसदले बाइडेनको पक्षमा ३०६ इलेक्टोरल मत रहेको जनाएको छ। ट्रम्प समर्थकको विरोधबीच अमेरिकी कांग्रेसले बाइडेनले राष्ट्रपतिको चुनाव जितेको पुष्टि गरेको हो।

संसदले बाइडेनको जित प्रमाणित गरेसँगै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जनवरी २० मा बाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बन्ने बताएका छन्।

ट्रम्पले राष्ट्रपतिको निर्वाचन हारेपछि पनि चुनावमा धाँधली भएको बताउँदै आएका थिए।

बुधबार मात्र राष्ट्रपतिको निर्वाचनको विजेता प्रमाणित गर्नका लागि संसदमा सांसदहरुबीच छलफल भइरहँदा ट्रम्पका समर्थकले संसदमा तोडफोड मच्चाएका थिए।

संसद भवनभित्रै घुसेर उनीहरुले हुलदंगा गरेका थिए। यस घटनामा चार जनाको मृत्यु भएको छ भने ५२ जना गिरफ्तारमा परेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad