ad ad

राजनीति


डेमोक्रेट सांसद ओमार भन्छिन्ः ट्रम्पलाई महाअभियोग लगाएर तत्काल हटाउनुपर्छ

डेमोक्रेट सांसद ओमार भन्छिन्ः ट्रम्पलाई महाअभियोग लगाएर तत्काल हटाउनुपर्छ

नेपालखबर
पुस २३, २०७७ बिहिबार ८:२३,

मिनिसोटाकी सांसद ओमारले ट्रम्प अब राष्ट्रपति पदमा रहिरहन योग्न नरहेको बताउँदै ट्रम्पलाई महाअभियोग लगाएर तत्काल हटाइनुपर्ने बताएकी हुन्।

‘डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाएर तत्काल राष्ट्रपति पदबाट हटाउनुपर्छ’ ओमारले भनेकी छिन्,‘उनी अब राष्ट्रपति पदका लागि योग्य छैनन्। गणतन्त्रको रक्षाको लागि यो अपरिहार्य छ।’

उनले आफूले ट्रम्पलाई महाअभियोग लगाउने विषयमा पत्र लेखिरहेको पनि जानकारी दिएकी छिन्।

ट्रम्पको कार्यकाल यसै महिनाको जनवरी २० मा समाप्त हुँदैछ। सोही दिन डेमोक्रेटिक नेता जो बाइडेनले नयाँ राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दै कार्यभार सम्हाल्नेछन्।

तर संसदमा आक्रमण भएपछि ट्रम्पको कार्यकाल नसकिँदै ट्रम्पलाई तत्काल राष्ट्रपतिबाट हटाउनुपर्छ भन्ने माग हुन थालेको हो।

ट्रम्पले राष्ट्रपतिको निर्वाचन हारेपछि पनि चुनावमा धाँधली भएको दोहोर्याउँदै बताइरहेका छन्।

यसबीचमा ट्रम्पकै उक्साहटका कारण उनका समर्थकहरु बुधबार संसद अगाडि भेला भएका थिए। तर उनका समर्थकहरु संसद भित्रै घुसेर प्रदर्शन गर्न थालेपछि उनले आफ्ना समर्थकलाई घर फर्कन आग्रह गरेका थिए।

हालसम्म यस घटनामा चार जनाको मृत्यु भएको छ भने ५२ जनालाई गिरफ्तार गरिएको छ।

खतरालाई मध्यनजर गर्दै वासिङटन राज्यमा १५ दिनसम्म आपतकालीन अवस्थाको घोषणा गरिएको छ।

यो पनिः अमेरिकी संसदमा ट्रम्प समर्थकको आक्रमण, कसले के भने?

अमेरिकी संसदभित्रै यसरी चल्यो गोली, मृत्यु भएकी महिला पूर्व अमेरिकी सेना (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .