ad ad

राजनीति


कांग्रेस सांसदले भने : प्रधानमन्त्री हुन मानसिक सन्तुलन पनि ठीक हुनुपर्छ

कांग्रेस सांसदले भने : प्रधानमन्त्री हुन मानसिक सन्तुलन पनि ठीक हुनुपर्छ

नेपालखबर
पुस २३, २०७७ बिहिबार ८:१३,

राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले मानसिक सन्तुलन गुमाइसकेको आरोप लगाएका छन्।

 बिहीबार राष्ट्रिय सभामा विशेष समय लिएर बोल्दै सांसद रायमाझीले प्रतिनिधि सभा विघटन गर्ने काम गर्ने मानसिक स्वास्थ्य ठीक नभएको मान्छेले मात्रै गर्ने भन्दै उनले प्रतिनिधि सभाको बैठक बोलाउनुको सट्टा भंग गरिएको बताए।

उनले संविधानले प्रधानमन्त्री शहुन योग्यता निर्धारण गरेको भन्दै उनले अहिलेका प्रधानमन्त्री ओलीले सबै योग्याता गुमाइसकेको बताए।

 संविधानले प्रधानमन्त्री हुन प्रतिनिधि सभाको सदस्य हुनुपर्ने, बहुमत माननीय सदस्यको समर्थन हुनुपर्ने, मानसिक सन्तुलन ठीक भएको हुनुपर्ने व्यवस्था गरेको बताए।

‘उहाँ (ओली)लाई प्रधानमन्त्री भन्ने कि नभन्ने? उहाँ स्वयं प्रतिनिधि सभाका सदस्य हुनुहुन्न। बहुमत सदस्यको समर्थन उहाँलाई देखिदैँन। अनि यो खालको संविधान मिचेर असंवैधानिक काम गर्ने प्रधानमन्त्रीलाई मानसिक सन्तुलन गुमिसकेको भन्न मिल्छ कि मिल्दैन?’, उनले भने, ‘प्रधानमन्त्रीको यो कदम अत्यन्त असंवैधानिक, अलोकतान्त्रिक छ। हामीले भनेजस्तै अधिनायकवादको बाटोमा हिँड्नको लागि सरकारले आफ्नो गृहकार्य गरिरहेको छ।’

उनले प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डालाई जुनसुकै कागजमा पनि सही गराउने गरेको अरोप लगाए। उनले राष्ट्रपतिलाई सम्मानीत पदमा बसेका कारण नेकपाको कार्यकर्ता नबन्न सुझाब दिए।

‘राष्ट्रपतिलाई हरेक कागजमा सही गराउने? राष्ट्रपति नेकपाको अध्यक्ष हो? कार्यकर्ता हो? होइन, यो मुलुकको उच्च पदमा रहनुभएको सम्मानित व्यक्ति हो’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .