ad ad

राजनीति


प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम रहर होइन बाध्यता : सांसद भट्टराई

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम रहर होइन बाध्यता : सांसद भट्टराई

नेपालखबर
पुस २३, २०७७ बिहिबार ८:११,

राष्ट्रिय सभा सांसद खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्य भएर प्रतिनिधि सभा विघटन गरेको दाबी गरेका छन्।

‘रहर र लहडले प्रतिनिधि सभा विघटन गरिएको होइन, प्रधानमन्त्रीले नै भन्नुभएको छ कि खुशीले गरेको होइन, त्यो एउटा बाध्यात्मक कदम हो,’ राष्ट्रिय सभा बैठकमा बोल्दै भट्टराईले भने, ‘काम गर्न दिइएन, सरकारलाई कसरी कमजोर बनाउने भनी गतिबिधि भए, सरकारले काम गर्नै नसक्ने परिस्थिति बन्यो।’

ओलीनिकट रहेका सांसद भट्टराईले नेकपाकै सांसदहरुले आफ्नै सरकार ढाल्न हस्ताक्षर संकलन गरेका कारण प्रतिनिधि सभा विघटनको कदम चाल्नुपरेको तर्क गरे।

‘सरकार र संसद दुवै चल्न नसक्ने भयो, राजनीति अस्थिरतातर्फ जाने भयो, त्यस्तो अवस्थामा विघटनबाहेक अर्को विकल्प बाँकी रहेन,’ उनको दाबी छ।

यो संविधानमा प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था नै छैन भन्नु गलत भएको जिकिर गर्दै उनले त्यस्तो व्यवस्था भएको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .