अष्ट्रेलियामा जारी बिगबास लिग क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित होबर्ट हरिकेन्सले टस जितेर फिल्डिङ रोजेको छ।
सन्दीपले आजको खेलमा आफ्नो पहिलो विकेट लिएका छन्। सातौँ ओभरको चौथो बलमासन्दीपले क्यालम फग्र्युसनलाई जोहान बोथाको हातबाट क्याच आउट गराए।
सन्दीपले जारी खेलमा पाँचौ ओभरमा बलिङ गर्न आएका सन्दीपले ६ रन खर्चे। गत सोमबार भएको खेलमा सन्दीपले १ विकेट लिएका थिए।
पर्थ स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको सिड्नी थन्डरले ८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ७१ रन जोडेको छ।
सिड्नीका ओपनिङ ब्याट्सम्यान उस्मान ख्वाजा र एलेक्स हेल्सले ५९ रनको साझेदारी गरे। १९ बलको सामना गरेका एलेक्सले ४ चौका प्रहार गर्दै २१ रन जोडे।
एलेक्सलाई डि अर्ची सर्टले छैटौ ओभरको चौथो बलमा नाथल इल्सको हातबाट क्याच आउट गराए। सर्टले नै साम बिलिंग्सलाई पवेलियनको बाटो देखाए।
प्रतिक्रिया