ad ad

राजनीति


संसदमा आक्रमण भएपछि ट्रम्पकै पार्टीका सिनेटरले भनेः आज चीन र रुस हाँसिरहेका होलान्

संसदमा आक्रमण भएपछि ट्रम्पकै पार्टीका सिनेटरले भनेः आज चीन र रुस हाँसिरहेका होलान्

नेपालखबर
पुस २३, २०७७ बिहिबार ६:३१,

ट्रम्पले राष्ट्रपतिको निर्वाचन हारेपछि पनि चुनावमा धाँधली भएको दोहोर्याउँदै बताइरहेका छन्।

यसबीचमा उनका प्रतिस्पर्धी जो बाइडेनको जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला ट्रम्पका समर्थकले संसद भवनभित्रै घुसेर हुलदंगा गरेका थिए।

हालसम्म यस घटनामा चार जनाको मृत्यु भएको छ भने ५२ जनालाई गिरफ्तार गरिएको छ।

यसक्रममा राष्ट्रपति ट्रम्पकै पार्टीका सिनेटर मार्को रुबिओले पनि यस घटनाको निन्दा गरेका छन्।

मार्को भन्छन्,‘आज रुस र चीन अमेरिकाको हालत देखेर हाँसिरहेका होलान्।’

‘उनीहरुले यस घटनालाई उदाहरण दिएर अमेरिका तल परिसकेको देश भन्नेछन्’ उनी भन्छन्,‘मलाई लाग्छ राजनीतिले हामीलाई पागल बनाएको छ।’

उनले अमेरिकी संसदनमा गरिएको हमला देशभक्ति कार्य नभएर अराजक भएको बताएका छन्। एजेन्सी

यो पनिः अमेरिकी संसदमा ट्रम्प समर्थकको आक्रमण, कसले के भने?

अमेरिकी संसदभित्रै यसरी चल्यो गोली, मृत्यु भएकी महिला पूर्व अमेरिकी सेना (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .