ad ad

समाज


काठमाडौँको टोखामा दुई व्यक्तिमाथि चक्कु प्रहार गरी मोबाइल लुटियो

काठमाडौँको टोखामा दुई व्यक्तिमाथि चक्कु प्रहार गरी मोबाइल लुटियो

नेपालखबर
पुस २३, २०७७ बिहिबार ६:३६,

काठमाडौँको टोखा नगरपालिका–९ दीपज्योतीबाट एक व्यक्तिमाथि चक्कु प्रहार गरी मोबाइल लुटपाट गरिएको छ।

सुर्खेत गुरुवाकोट नगरपालिका–६ घर भएका ती पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको हो।

४÷५ जनाको समूहमा आएका अज्ञात व्यक्तिको समूहले ती पुरुषसहित दुई जनलाई चक्कु प्रहार गरी घाइते बनाएको र उनको साथमा रहेको मोबाइल लुटपाट गरी फरार भएका थिए। प्रहरीले दुई व्यक्तिमाथि चक्कु प्रहार गरेको भए पनि मोबाइल भने एक जनाको मात्रै लुटेको जनाएको छ।

लुटपाटको खबर पाउनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको जनाएको छ।

चक्कु प्रहारबाट घाइते भएका उनीहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .