राजनीति


राष्ट्रिय सभाको बैठक आज, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक आज, यस्तो छ कार्यसूची

नेपालखबर
पुस २३, २०७७ बिहिबार ४:३६,

राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ।

गएको शुक्रबार (१७ पुस)देखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको हो। शुक्रबार बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ।

त्यस्तै बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाअन्तर्गतका विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयनका लागि प्रस्ताव गर्ने नियमित कार्यसूची रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए।

फुयाँलका अनुसार थप कार्यसूची विहान साढे ११ बजे बस्ने कार्यव्यवस्था समितिको बैठकले तय गर्ने छ। आज पनि विशेष समयमा राष्ट्रियसभा सदस्यले आआफ्नो धारणा राख्ने कार्यक्रम छ।

बैठकको पहिलो दिन बोल्ने सांसदहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको तीव्र विरोध गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad