अमेरिकाको संसद् भवनमा भएको झडपमा मृत्यु हुनेको संख्या ४ पुगेको छ।
वासिङटन प्रहरीका अनुसार प्रहरीको गोली लागेर एक महिलाको र अन्य तीन जनाको ‘मेडिकल इमरजेन्सी’ का कारण मृत्यु भएको हो।
मृत्यु हुने महिलाको पहिचान खुलेको छ। स्यान डिएगो निवासी उनकाे नाम एसली बाबिट हाे। अन्य मृतककाे परिचय खुलेकाे छैन।
घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म ५२ जनालाई पक्राउ गरेको छ। तीमध्ये ४७ जनालाई कर्फ्यु तोडेको आरोपमा पक्राउ गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
ट्रम्पका प्रतिस्पर्धी जो बाइडेनको चुनावी जित पुष्टि गर्न बुधबार सांसदबीच छलफल भइरहेका बेला एक्कासि ट्रम्पका समर्थकले संसद भवनभित्रै छिरेर आक्रमण गरेका हुन्।
याे पनि : ट्रम्पका समर्थकले हमला गरेपछि रोकिएको अमेरिकी संसद् बैठक पुनः सुरु
3
Shares

प्रतिक्रिया