राजनीति


संवैधानिक इजलासबाट कार्की बाहिरिएपछि नयाँ इजलास गठन हुने

संवैधानिक इजलासबाट कार्की बाहिरिएपछि नयाँ इजलास गठन हुने

नेपालखबर
पुस २२, २०७७ बुधबार १०:०,

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएपछि नयाँ इजलास गठन हुने भएकाे छ।

कानुन व्यवसायीहरुले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको महान्यायाधिवक्ता भएकाले स्वार्थ बाझिने प्रश्न उठाएका थिए। आफूमाथि प्रश्न उठेपछि बुधबार कार्कीले इजलासबाट आफू बाहिरिने जानकारी गराएका थिए।

‘अब हुने सुनवाइमा नयाँ इजलास गठन हुन्छ’ अदालतमा स्रोतले भन्यो।

कानुन व्यवसायीहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, दिनेश त्रिपाठी, मुक्ति प्रधानले संवैधानिक इजलासमा कार्की रहन नहुने कुरा उठाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad