नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले प्रतिनिधि सभा विगठनको असर अन्य क्षेत्रमा पनि पर्ने बताएका छन्।
बुधबार काठमाडौँको बानेश्वरमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा महामन्त्री सिंहले प्रतिनिधि सभा विगठनको असर संविधान, गणतन्त्र र संगो राष्ट्रमाथि नै पर्ने बताए।
‘अहिलेको समस्या संसद विघटनको मात्र होइन, यसको धेरै असर पर्न सक्छ’, नेता संहले भने, ‘हाम्रो संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियतामा पर्न सक्छ।’
उनले लामो संघर्षपछि ल्याएको प्राप्त भएका उपलब्धि प्रधानमन्त्री ओलीको असंवैधानिक कदमबाट गुम्ने भन्दै उनले त्यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको कदमले संविधान माथि नै कुठाराघात भएको बताए।
उनले नेकपाभित्र परेको अन्तरसंघर्षका कारण अहिलेको अवस्था आएको बताए।

प्रतिक्रिया