नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री ओली सत्तामा टिक्ने कुनै उपाय आफूले नदेखेको बताएका छन्।
बुधबार काठमाडौँको बानेश्वरमा प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा नेता रिजालले सत्तामा आएपछि नियम कानुन नमान्ने केही पनि नटिकेको बताए।
‘एक जना निर्वाचित सर्वसत्तासत्तावादी डोनाल्ड ट्रम्प विदा हुँदैछन्, हिजा ज्ञानेन्द्र विदा भए, आज ओली टिक्ने कुनै उपाए देख्दिन मैले’, उनले भने, ‘यस्ता सर्वसत्तावादीहरु जसले सत्तामा आएपछि नियम, कानुन केही मान्नु पर्दैन भन्छन्, ती मानिसहरु इतिहासमा कहिल्यै पनि लामो समय टिकेका छैनन् र टिक्दैनन् पनि।’
उनले वैशाखमा चुनाव गराउनका लागि चुनावको घोषणा नभएको बताए।

प्रतिक्रिया