कर्णाली प्रदेशका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा छाडेका छन्।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सांसद पदमबहादुर रोकाय ओली समूह छाडी प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा लागेका हुन्।
दुई मन्त्री र एक सांसदले ओली समूह छाडेपछि कर्णाली प्रदेशमा ओली समूहलाई ठूलो धक्का लागेको छ।
मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई मन्त्री र एक सांस्द आफ्नो पक्षमा आएको दावी गरे। ‘उहाँहरुले फुटवादी प्रवृत्तिलाई अस्वीकार गरेर एकतालाई रोज्नु भएको छ’, नेपालखबरसँग मुख्यमन्त्री शाहीले भने, ‘तीनै जना खुलेरै प्रचण्ड–नेपाल नेतृत्वको नेकपालाई समर्थन गर्ने बताइसक्नु भएको छ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही प्रचण्ड–नेपाल समूहका हुन्।
कर्णालीमा नेकपाको ३३ सदस्यीय संसदीय समितिमा ओली पक्षमा जम्मा ११ जना सांसद रहेका छन् भने प्रचण्ड नेपाल समूहमा २२ जना पुगेका छन्।
Shares
प्रतिक्रिया