ad ad

कारोबार


सेयर बजारमा नेप्सेको नयाँ रेकर्ड, ६ अर्ब बढीको कारोबार

सेयर बजारमा नेप्सेको नयाँ रेकर्ड, ६ अर्ब बढीको कारोबार

नेपालखबर
पुस १९, २०७७ आइतबार १०:१८,

आइतबार सेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ। नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ।

यो अंक अहिलेसम्मकै उच्च हो। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव ३१ प्रतिशत अर्थात १७ दशमलव १८ अंकले बढेर ४ सय १५ दशमलव ८८ अंकमा बन्द भएको छ।

दिनभर २ सय १२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता सेयर खरिदविक्री भएको छ।

सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका सेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि ४ दशमलव १ प्रतिशत अर्थात् ५ दशमलव ८२ अंकले बढेर १ सय ४७ दशमलव ७४ अंकमा बन्द भएको छ।

यस्तै सन्सेटिभ फ्लोट परिसूचक पनि ३ दशमलव ९७ प्रतिशत अर्थात ५ दशमलव ०७ अंकले बढेर १ सय ३२ दशमलव ९७ अंकमा बन्द भएको छ।

बजारले नयाँ उचाइ बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ। जसका कारण बजारमा सेयरको माग बढेको छ। अर्कोतर्फ वित्तीय प्रणालीमा पनि अधिक तरलता छ। बैंक ब्याजदर पनि सस्तो भएको छ। बजार निरन्तर बढ्दै जाने र सेयर खरिदका लागि कम ब्याजदरमा सहजै बैंकले रकम उपलब्ध गराउने भएपछि लगानीकर्ताले सेयरको माग बढाएको देखिन्छ।

यस्तै कोभिड–१९ का कारण अन्य वास्तविक क्षेत्र सुस्ताएकाले पनि नयाँ र ठूला लगानीकर्ताको प्रवेश सेयर बजारमा हुने क्रम पनि बढ्दै गएको छ । त्यसैले हरेक दिन सेयर बजारमा रौनकता देखिएको मान्न सकिन्छ।

आइतबार कारोबारमा आएका सबै समूह बढेका छन् सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ६४ प्रतिशतले बढेको छ । त्यसपछि अन्य समूह ६ दशमलव १९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ८६ प्रतिशत, बैंकिङ समूह ४ दशमलव ४७ प्रतिशत, जीवन बीमा समूह ४ दशमलव ०९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ८४ प्रतिशत, जलविद्युत समूह २ दशमलव ४६ प्रतिशत, लघुवित्त समूह २ दशमलव ३६ प्रतिशत, विकास बैंक समूह २ दशमलव १६ प्रतिशत, होटल समूह १ दशमलव ८५ प्रतिशत, फाइनान्स समूह शुन्य दशमलव ८८ प्रतिशत र म्युचुअल फण्ड समूह शुन्य दशमलव २१ प्रतिशतले बढेको छ।

आज सबैभन्दा धेरै सेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख ७५ हजार रुपैयाँ, प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख २ हजार रुपैयाँको कारोबार भएको छ। यस्तै नेपाल दुरसंचार प्राधिकरणको ४५ करोड ७ लाख ९१ हजार रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख ५९ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको २७ करोड ३७ लाख ९६ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ।

आज हिमालयन डिस्टिलरीका सेयरधनी र साल्ट ट्रेडिङ कर्पोरेसनका सेयरधनीले १० प्रतिशतले कमाएका छन्। यस्तै ९ प्रतिशतभन्दा माथि कमाउने कम्पनीका शेयरधनीहरुमा नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सियल बैैंक, कुमारी बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्थाका रहेका छन् । बजारमा उच्च वृद्धि भएपनि राधि विद्युत कम्पनी, शिवश्री हाइड्रोपावर लगायत ३० वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .