राजनीति


बैतडीमा स्काभेटर दुर्घटना, चालकको मृत्यु

बैतडीमा स्काभेटर दुर्घटना, चालकको मृत्यु

नेपालखबर
पुस १८, २०७७ शनिबार १२:३,

बैतडीमा स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलाली निगालीका २५ वर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।

बा२क २०६ नंको स्काभेटरबाट क्रसर मेसिन अनलोड गर्ने क्रममा एक्कासी स्काभेटर पल्टिएको प्रहरीले जनाएको छ। शनिबार दिउँसो २ बजेतिर सो दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्काभेटर सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad