आइएइएका अनुसार इरानले उल्लंघन गरेको सम्झौता निकै गम्भीर छ। इरानले युरेनियमको शुद्धतालाई २० प्रतिशतले बढाएको बताइएको छ।
परमाणु बम बनाउन युरेनियमको शुद्धता ९० प्रतिशतसम्म पुर्याउनुपर्छ। इरानले परमाणु लक्ष्य हासिल गर्न युरेनियमको शुद्धताको संवर्द्धन गरिरहेको चेतावनी दिइएको छ।
सन् २०१५ को परमाणु सम्झौताअनुसार इरानले युरेनियमको शुद्धता मात्र चार प्रतिशत गर्ने बताएको थियो।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताबाट अमेरिका अलग्याएपछि भने इरानले युरेनियम संवर्द्धनलाई तीव्रता दिँदै आएको छ।
इरानले युरेनियम संवर्द्धनलाई तीव्रता दिने बताइरहेको छ। अमेरिका यस सम्झौताबाट अलग्गिएपनि उसले इरानले सम्झौता उल्लंघन गरेको बताउँदै इरानमाथि प्रतिबन्धहरु घोषणा गरेको छ।
सन् २०१५ को परमाणु सम्झौतामा बेलायत, फान्स, जर्मनी, चीन, रुससँगै अमेरिका र इरानपनि सामेल थिए। एजेन्सी

प्रतिक्रिया