संसदले रक्षा खर्चसम्बन्धी राष्ट्रपति ट्रम्पले प्रयोग गरेको विशेषाधिकार उल्ट्याएको हो।
ट्रम्पको राष्ट्रपतीय कार्यकालमा पहिलोपटक संसदले ट्रम्पको विशेषाधिकारमा धाबा बोलेको हो।
नयाँ वर्षका बेला रिपब्लिकनको नियन्त्रणमा रहेको माथिल्लो सदन सिनेटले दुर्लभ रूपमा यस कदमबारे छलफल गर्न सत्र सञ्चालन गरेको थियो।
सिनेटमा ८१ जना यसको विपक्षका उत्रिएका थिए भने १३ जनाले ट्रम्पलाई साथ दिएको बीबीसीले जनाएको छ।
उनीहरूले ट्रम्पले भिटो प्रयोग गरेर रोकेको न्याश्नल डिफेन्स अथोराइजेसन एक्ट एनडीएए पारित गरेका छन्।
जसको पक्षमा यसअघि नै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले मतदान गरिसकेको छ।
अमेरिकी संसद दुवै सदनमा दुईतिहाइ बहुमतले राष्ट्रपतिको भिटोलाई उल्टाउन सक्छ।
नयाँ परित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको रक्षा नीतिका लागि खर्च जुटाउनेछ।
अबको केही सातामा कार्यकाल सकिन लागेका ट्रम्पले विधेयकको केही व्यवस्थाबारे प्रश्न उठाएका थिए।
अमेरिकी संसदमा नवनिर्वाचित सदस्यहरूले सपथग्रहण गर्नुभन्दा एक दिनअघि यस्तो विकासक्रम देखिएको हो।
अफगानिस्तान र युरोपबाट अमेरिकी सेना फिर्ता गर्ने विषयलाई सीमित पार्ने विषयमा ट्रम्पको असन्तुष्टि रहँदै आएको थियो। बीबीसी
Shares

प्रतिक्रिया