राजनीति


नेकपा संकटको कारण प्रचण्डको छिटो तरंगित भइरहने स्वभाव र चाँडो नेतृत्वमा पुग्ने महत्वाकांक्षा हो : पोखरेल

नेकपा संकटको कारण प्रचण्डको छिटो तरंगित भइरहने स्वभाव र चाँडो नेतृत्वमा पुग्ने महत्वाकांक्षा हो : पोखरेल

नेपालखबर
पुस १८, २०७७ शनिबार ६:५७,

ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपामा संकट आउनुको प्रमुख कारण पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजधानी मजदूर विशेष जिल्ला कमिटीको आयोजनामा पुतलीसडकस्थित जिफन्टको प्रांगणमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपा एकता दुई कारणले संकटमा परेको बताए।

उनले नेकपाका एक अध्यक्ष प्रचण्डको छिटो तरंगित हुने स्वभाव र चाँडो नेतृत्वमा पुग्ने महत्वाकांक्षाका र अर्का नेता माधवकुमार नेपालको छिटै अध्यक्ष पद प्राप्त गर्ने महत्वाकांक्षाका कारण नेकपाको एकता संकटमा परेको बताए।

‘एकता संकटमा पर्दै छ, यसको कारण के हो? यसका दुई कारण छन्’, उनले भने पहिलो कारण- नेकपाका दुई अध्यक्षमध्ये एक अध्यक्ष पुष्पकमल दाहालको छिटो तरंगित भइरहने स्वभाव र चाँडोभन्दा चाँडो नेतृत्वमा पुग्ने महत्वाकांक्षाका कारणले यो संकट आइलागेको हो। दोस्रो कारण- नेकपाका नेता, जाे  हिजो एमालेको नवौँ महाधिवेशनमा निर्वाचितबाट पराजित हुनुभएका माधवकुमार नेपालको छिटोभन्दा छिटो पार्टी अध्यक्ष हुने चाहनाका हो।’

उनले यो संकट सिर्जना गर्नमा प्रचण्ड–नेपाल दुवै जनाको भूमिका निर्णायक रहेको बताए। उनले यस कारण नेकपा यो संकट भोग्न बाध्य भएको बताए।

उनले आफूले प्रचण्ड र नेपालमाथि आरोप लगाएको नभइ यथार्थ बोलेको बताए। उनले एकता गर्दादेखि नै प्रचण्को कमानसिकता पार्टी कब्जा गर्ने रहेको बताए।

‘यो कुनै आरोप होइन, एकता गर्दा सुरुदेखि नै दाहालको मानसिकता पार्टी कब्जा गर्नुपर्छ भन्ने थियो’, उनले भने।

उनले चुनावमा उम्मेदवार, चुनाव चिन्ह र उम्मेदवार साझा हुन्छन् भनेर तत्कालीन दुई पार्टीले सहमति प्रचण्डले निर्णय गरेको २४ घण्टा नबित्दै तोडेको आरोप लगाए।

उनले नवौँ महाधिवेशनमा पराजित भएका माधवकुमार नेपालले अहिलेसम्म पराजय स्वीकार गर्न नसकेको बताए। उनले नेता नेपालले ओलीसँग लड्नका लागि नेपालले पार्टी एकतालाई सहयोग गरेको भनेर भन्दै हिँडेको आरोप लगाए।

उनले नेतृत्व हस्तान्तरणका लागि अध्यक्ष ओलीले महाधिवेशन गर्न आग्रह गर्दा पनि प्रचण्ड–नेपालले नमानेर बीचबाटै पार्टी कब्जा गर्न खोजेको आरोप लगाए।

उनले गत निर्वाचनमा केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री केपी शर्मा ओली भनेर मत मागेका कारण पार्टीले बहुमत ल्याएको बताए।

‘हिजो निर्वाचनका बेला भावी प्रधानमन्त्री केपी ओली भनेर मत माग्यौँ, जनताले केपी ओलीलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गरे। हामीले यती मत पायौँ’, उनले भने, ‘त्यो कार्यकाल बाँकी नै छ, बीचमै प्रधानमन्त्री हट्नुपर्छ भन्ने दबाब सिर्जना गर्न खोजियो।’

उनले ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाएर पार्टी कब्जा गर्न खाोजेका कारण संकट आएको बताए। उनले अब पार्टी विधि र पद्दतिबाट चल्ने भन्दै कसैले कब्जा गर्न नसक्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad