राजनीति


भारतका पूर्व गृहमन्त्री बुटा सिंहको निधन

भारतका पूर्व गृहमन्त्री बुटा सिंहको निधन

नेपालखबर
पुस १८, २०७७ शनिबार ६:२१,

भारतका पूर्व गृहमन्त्री एवं बिहारका पूर्व राज्यपाल बुटा सिंहको निधन भएको छ।

शनिबार सिंहको दिल्लीमा ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 कांग्रेस आइका नेता सिंह ८ पटकसम्म लोकसभा सदस्य बनेका थिए। उनी शिख समुदायको ठूला नेता समेत थिए।

 उनको आजै अन्तिम संस्कार गरिने परिवारिक स्रोतले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सन् १९३४ मा जालन्धर जिल्लामा जन्मिएका उनी भारतको केन्द्रीय राजनीतिका शीर्ष नेतामध्येका एक हुन्। उनी केन्द्रीय गृह, रेल, कृषि, खेल मन्त्रीसमेत बनेका थिए।

भारतका प्रधानममन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति दुःख व्यक्त गरेका छन्। ‘बुटा सिंह एक अनुभवी प्रशासकको साथसाथै गरिब र दलितको हितको लागि प्रभावकारी आवाज थिए। उसको मृत्युबाट दुःखी छु। उनको परिवार र समर्थकहरुप्रति मेरो संवेदना’, मोदीले ट्विटमा लेखेका छन्।

कांग्रेस नेता राहुल गान्धीले पनि सिंहको मृत्युमा शोक व्यक्त गरेका छन्। राहुल गान्धीले ट्विटमा भनेका छन्, ‘सरदार बुटा सिंहको मृत्युसँगै देशले एक सच्चा जनसेवक र एक निष्ठावान नेता गुमाएको छ। उनले आफ्नो सम्पूर्ण जीवन देश सेवा र जनताको हितका लागि समर्पित गरे। जसका लागि उनलाई सँधै सम्झना गरिनेछ। यस दुखद् घडीमा उसको परिवारका सदस्यहरूप्रति मेरो समवेदना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad