ओली नेतृत्वको नेकपाका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले पार्टीभित्रका अवसरवादीको महत्वाकांक्षामाथि टेकेर प्रतिक्रियावादीहरु पार्टी विभाजनमा सफल भएको बताएका छन्।
शुक्रबार ललितपुरमा आयोजित ओली नेतृत्वको नेकपाको महानगरस्तीयर भेलालाई सम्बोधन गर्दै नेता थापाले नेकपाका नेही नेताको राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्ष बन्ने महत्वाकांक्षामाथि प्रतिक्रियादीहरु खेलेको बताए।
उनले नेकपाका सांसदलाई विभाजन गरेर स्थायित्वतिर हिँडेको संसदलाई अस्थिरता प्रदान गर्ने संयन्त्रका रुपमा परिणत गर्न प्रतिक्रियावादी सफल भएको उनले बताए।
उनले प्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने निर्णय गरेको बताए।
‘प्रतिक्रान्तिको खतरा, रोक्न, विभाजित आन्दोलनलाई पुनःसंगठित गर्न, राजनीतिक स्थायित्व स्थापित गर्नका लागि नेकपाको नेतृत्वले यी चुनौतीलाई सामना गर्न जनतामा जाने निर्णय गरेको हो’, उनले भने।
गृहमन्त्री थापाले अव संसदको पुनःस्थापनाबाट समस्याको समधान ननिस्कने भन्दै नयाँ संसदको स्थापनाको विकल्प नरहेको बताए।
‘पुरानो संसदले स्थायित्व दिन सक्दैन, त्यसैले संसदको पुनस्थापना होइन् नयाँ संसदको स्थापना आजको हाम्रो सही मार्गचित्र हुनसक्छ’, उनले भने, ‘त्यसले नै पार्टीलाई र कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न सक्छ।’
नेता थापाले आफूहरु पार्टी फुट, गुट, अस्थिरताका विरुद्ध र संमृद्धि र विकासका पक्षमा भएको दावी गरे। उनले संसद विघटन गर्ने कदम अग्रगामी कदम भएको दावी गरे।

प्रतिक्रिया