‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले हेटौँडा उपमहानगरपालिका–१८ ठुलो दमार चोक, हर्नामाडीमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौँडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरे।
अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्ने बैंकले जनाएको छ।
करीब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ६ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ।

प्रतिक्रिया