आईएमई ग्रुपद्वारा संचालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले अन्तर्राष्ट्रिय नववर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेट मार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ।
यो क्यास ब्याक आफ्नै मोबाइल नम्बरको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। जुन आफ्नै आईएमई पे वालेट आईडीको रुपमा दर्ता भएको छ। यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने जनाइएको छ।
यो क्यास ब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आईएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका लागि मात्र मान्य हुनेछ भने बिभिन्न मोबाइल नम्बरमा गरिएको कुनै पनि मोबाइल रिचार्ज लेनदेनले कुनै क्यासब्याक प्राप्त गर्ने छैन।
यस्तै, प्रत्येक उपयोगकर्ताले रु. १०० प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउन सक्नेछन्। यो अफर सीमित समयको लागि मात्र लागू हुनेछ।
आईएमई भुक्तानीले आफ्नो पूर्ण विवेकाधिकारमा कुनै पूर्व सूचना बिना परिवर्तन र संशोधन र वा फिर्ता लिने तथा आईएमई भुक्तानीले कुनै पनि पूर्व सूचना बिना नियम र सर्तहरू परिमार्जन गर्ने अधिकार राख्ने कम्पनीले जनाएको छ।
यो अफरसँगै कोरोना भाइरस (कोभिड–१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ।
आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आईएमई पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो। यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो।
आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्।
यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।
आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्वपूर्ण विशेषता हो।

प्रतिक्रिया