राजनीति


पार्टीको वैधानिकता निर्वाचन आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : प्रधानमन्त्री ओली

पार्टीको वैधानिकता निर्वाचन आयोगबाट होइन जनताबाट प्राप्त हुन्छ : प्रधानमन्त्री ओली

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ७:१३,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा आधिकारिक भएको दावी गरेका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने बताएका हुन्।

उनले निर्वाचन आयोगमा एउटा निवेदन दिँदैमा वैधानिकता प्राप्त नहुने बताए। ‘कसैले एउटा चिर्कटो निर्वाचनमा आयोगमा पुर्‍याउँदैमा वैधानिकता प्राप्त हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरु (प्रचण्ड–नेपाल) वैधानिकताको निवेदन बोकेर निर्वाचन आयोग जानुभएको छ, हामी वैधानिकताको दर्खास्त हाल्न कहीँ गएका छैनौँ।’

उनले आफूहरु कहाँ छौँ भन्ने कुरा जनताले देखेको भन्दै प्रचण्ड–नेपालहरु सडकमा छातीका कागज टाँसेर यहाँ छौँ भन्ने अवस्थामा आइपुगेको बताए।

‘हामी आधिकारिक हौँ, त्यसैले हामी यहाँ छौँ भनेर कागज छातीमा कागज टाँसेर बस्नुपर्ने अवस्थामा छैनौँ’, उनले भने, ‘उहाँहरु सडकमा बस्नु पर्ने अवस्था आइसकेको छ।’

उनले आफूहरु आधिकारी पार्टी भएका कारण नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जानू नपर्ने बताए। हामीसँग पार्टी भएका कारण अर्को पार्टी दर्ता गर्न जाँदैनौँ’, उनले भने।

प्रधानमनत्री ओलीले प्रचण्ड–नेपाल समूहका गतिविधिले आम कार्यकर्ताको मन दुखेको बताए।

‘उहाँहरु निर्वाचन आयोग, अदालत, सडक, मिडियामा गएर तमासा देखाउनु भएको छ’, उनले भने, ‘उहाँहरुका गतिविधिले दुःख गरेर गरेर पार्टी निर्माण गरेका कार्यकर्ताको मन दुखेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad