राजनीति


बहुमत–अल्पमतको टुंगो चुनावपछि मात्रै हुन्छ : ओली

बहुमत–अल्पमतको टुंगो चुनावपछि मात्रै हुन्छ : ओली

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ७:३४,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपामा अहिले बहुमत र अल्पमतको फैसला चुनावपछि मात्रै हुने बताएका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई संकेत गर्दै उनले त्यस्तो बताएका हुन्।

‘उहाँहरु सडकमा बहमत भनेर कराइरहनु भएको छ, यसको टुंगो अहिले हुँदैन, चुनावपछि मात्रै हुन्छ’, उनले भने, ‘चसुावपछि अहुमत को हो, अल्पमत को हो, पहिलो पार्टी को हो भन्ने तपाईं हामीहरुले देख्ने छौँ।’

उनले पार्टी बैठक छाडेर सडकबाट घोषणा गरिएको बहुमतको कुनै अर्थ नहुने बताए।

‘बहुमत छ भने संसदीय प्रक्रियामा आउँदा हुन्थ्यो, पार्टीको बैठकमा आउँछ हुन्थ्यो’, उनले भने।

उनले प्रचण्ड–नेपाल समूह पार्टी फुट्यो भनेर भन्दै हिँडेको बताएँदै पार्टीै फुटेको नभइ केही साथीहरु अलग भएको बताए। ‘उहाँहरु वैठकमा नआएर आफै अलग्गिएर कुदनुभएको छ, कसका लागि, केका लागि कसको निर्देशनमा कुद्नुभएको हो भन्ने मलाइ थाहा भएन’, उनले भने।

उनले प्रतिनिधिसभाको विघटन संविधान अनुसार भएको दावी गर्दै कुनै पनि हालतमा पुनःस्थापना नहुने बताए। उनले प्रचण्ड–नेपालले विकल्पहीन आन्दोलन गरेको बताए।

प्रधानमन्त्री ओलीले आफूहरु वैधानिक भएको दावी गर्दै सूर्य चिन्ह कहीँ कतै नजाने बताए। उनले सूर्य चिन्ह आफूहरुले नै पाउनेमा विश्वस्त हुन कार्यकर्तालाई आग्रह गरे।

उनले पार्टी फुटको चिन्ता गर्न भन्दा पनि परिस्थितिको सामना गर्न कार्यकतालाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad