खेल


साढे ४ करोड लगानीमा आजबाट विधिवत् सञ्चालनमा आयो धुलिखेल रेस ट्रयाक

साढे ४ करोड लगानीमा आजबाट विधिवत् सञ्चालनमा आयो धुलिखेल रेस ट्रयाक

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ६:३१,

विश्वकै उच्च स्थानमा अवस्थित नेपालको एकमात्र धुलिखेल रेस ट्रयाक आजबाट विधिवत् सञ्चालनमा आएको छ।

हिमालयन मोटरल्यान्ड सर्किट नामकरण गरिएको यो सर्किटको व्यवस्थापन अल्टिमेट हिमालयन मोटरल्यान्डले गर्दै आइरहेको छ।

करिब साढे चार करोड लगानीमा धुलिखेलस्थित यो सर्किटमा मोटर स्पोर्ट्सको विविध खेलसहित दैनिक रुपमा कार्ट्स सञ्चालन गर्ने योजना अघि बढाइएको छ।

मोटर स्पोर्ट्सका राष्ट्रिय खेलहरुलाई विधिवत् रुपमा राखेपाक पदाधिकारीहरुको, विशेष अतिथिहरुको उपस्थितिमा मेयर एसोसिएसन अफ नेपालका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यञ्जुले सार्वजनिक गरेका हुन्।

मोटरसाइकल विधाअन्तर्गत रेसमान्डु, क्रसमान्डु, मोटर स्पोर्ट्स विधाअन्तर्गत अटो जिमखाना, कार्ट्सअन्तर्गत युथ कार्ट्स १४ वर्षमुनिका बालबालिकाको लागि साथै राष्ट्रिय कार्ट्स च्याम्पियनसिप अनि विशेष नारीहरुको लागि रेसनारी खेलको विशेष डिजाइन गरिएको छ।

कार्यक्रममा धुलिखेल रेस ट्रयाकका प्रबन्धनिर्देशक दिप्रश शाक्यले स्वागत मन्तव्य दिएका थिए।

मोटरस्पोर्ट्सलाई नेपालमा विगत लामो समयदेखि संरक्षण गर्दै आएका एक मात्र नियमांक संस्था नासा अन्तर्राष्ट्रिय संस्था एफआईए तथा एफआईएमको मान्यता प्राप्त नासा नेपालले विगत १ दशक बढी समय नेपाला मोटर स्पोर्ट्स स्थापना, खेलाडी तालिममा केन्द्रित भई कार्य गर्दै आएको छ।

नासा नेपालका सचिव तथा धुलिखेल अल्टिमेट मोटरल्यान्ड सर्किटका अध्यक्ष अनिल बरालले कार्यक्रममा खेलाडी संरक्षण गर्न मात्र सके नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मोटर स्पोर्ट्स सक्षम रहेको बताए।

अल्टिमेट हिमालयन मोटरल्यान्डका निर्देशक सञ्जु बज्राचार्यले महिलालाई पनि कसरी मोटर स्पोर्ट्समा स्थापित गर्न सकिन्छ भन्ने विषयमा बताइन्।

सर्किट सञ्चालनको उद्घाटन कार्यक्रममा अन्तर्राष्ट्रिय खेलाडी रोनी भारतीले अटो जिमखाना प्रर्दशन गरेका थिए भने अध्यक्ष बराल र टोलीले कार्ट्स प्रदर्शन गरेका थिए।

कार्यक्रमका वक्ताहरुले नेपालमा मोटर स्पोर्ट्सको भविष्य रहेकोले संरक्षण गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad