ad ad

राजनीति


कार्यकर्तालाई प्रवक्ता श्रेष्ठको आग्रह : अनावश्यक गालीगलौज र झूठो प्रचारमा नलाग्नुस्

कार्यकर्तालाई प्रवक्ता श्रेष्ठको आग्रह : अनावश्यक गालीगलौज र झूठो प्रचारमा नलाग्नुस्

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:५,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अनर्गल गालीगलौज र झुठो प्रचारवाजीमा नलाग्न आग्रह गरेका छन्।

प्रवक्ता श्रेष्ठले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो समूहका नेता कार्यकर्तालाई विचार, सिध्दान्त, राजनीति मूल्य र तथ्यमा आधारित भएर छलफलमा लाग्न आग्रह गरेका हुन्।

उनले प्रतिनिधिसभा विघटन, कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने विसर्जनवादी प्रवृत्तिकाविरुद्ध संघर्ष गरिरहेको बताउँदै क्षणिक स्वार्थका लागि अनर्गल गालीगलौज एवं झूठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन आफ्नो समूहका नेता कार्यकतालई आग्रह गरेका हुन्।

उनले आफूहरुका लागि देश, जनता ,पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुने भन्दै कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतिकरण तथा भ्रष्टीकरणबाट बचाउनुपर्ने बताए।

‘संविधानको ठाडो उलंघन गरी प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमविरुध्द हामी संविधान ,संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेका छौं। त्यस प्रकारको असंवैधानिक कदम चालिएको पुस ५ गतेको कालो दिनपछि पुस ७ गते हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई कमजोर पार्ने तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई बिसर्जन गर्ने उदेश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्याईयो। हामी त्यसप्रकारको बिसर्जनवादी प्रवृत्तिबिरुध्द पार्टी तथा नेपाली कम्युनिस्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं’, प्रवक्ता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘यतिबेला हामी मुख्यतः प्रतिगमनविरुध्द संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिरहेका छौं। त्यसैले पार्टीका सम्पूर्ण कमरेडहरुलाई उक्त महान् उदेश्यलाई केन्द्रमा राखी विचार, सिध्दान्त, राजनीति मूल्य र तथ्यमा आधारित भएर छलफल (बहस) गर्न र तात्कालीक क्षणिक स्वार्थका लागि अनर्गल गालीगलौज एवं झुठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन अनुरोध गर्दछु। हाम्रा लागि देश, जनता, पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुनेछ। नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतिकरण तथा भ्रष्टीकरणबाट बचाउनु पर्दछ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजन भएको छ। दुवै समूहले एक अर्काविरुद्ध गालीगलौज गरिरहेका बेला प्रवक्ता श्रेष्ठले यस्तो आग्रह गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .