ad ad

कारोबार


नगरकोटको क्लब हिमालयमा ‘न्यू इयर’ स्पेशल कार्यक्रम

नगरकोटको क्लब हिमालयमा ‘न्यू इयर’ स्पेशल कार्यक्रम

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:१९,

नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोटले नयाँ वर्ष २०२१ लाई विशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ तारिकमा प्रख्यात सांगितिक ब्याण्डहरुबाट सांगितिक कार्यक्रमका साथ न्यू इयर स्पेशल कार्यक्रम ल्याएको छ।

आबीट्रेरी एक्सपेरियन्स २०२१ नाम दिईएको यस सांगितिक कार्यक्रममा सुवेक्षा राई कोइराला र सन्देश आशिस मर्हजन, सन्देश रोजिलेन्ड श्रेष्ठ, रन्जित नेपाली र ईलिमेन्स ब्यान्डले आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन् भने डिजे वि.पी.एम, डिजे सेसी र डिजे दानले डिजेको भूमिका निर्वाह गर्नेछन्।

विशेष गरी आन्तरिक पर्यटकलाई लक्षित गरी आयोजना गरिएको यस अफरमा रु. १० हजार मै एक जोडीले बेड एण्ड ब्रेकफास्ट सहितको क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन्।

उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको सो होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिँदै आएको छ।

नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालय नगरकोटबाट विश्वकै उत्कृष्ट मौसमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिन्छ।

यस होटल २०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफल विश्व कै उत्कृष्ट मध्येको ४२ वर्षको इतिहास भएको क्लब हिमालय एस होटेल्सको एउटा अंगको रुपमा पर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .