ad ad

कारोबार


सानिमा बैंकद्वारा ओम्नी च्यानलबाट डिजिटल बैंकिङको सुरुवात

सानिमा बैंकद्वारा ओम्नी च्यानलबाट डिजिटल बैंकिङको सुरुवात

नेपालखबर
पुस १६, २०७७ बिहिबार ११:१,

सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ। बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले शुक्रबार (पौष १६) गतेदेखि आफ्नाे मोबाइल बैंकिङ एप् (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको हो।

सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप् वा वेव ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ल्यापटप, कम्प्युटरबाट पनि चलाउन सकिन्छ।

नयाँ भर्सनको साथमा, सानिमा बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसँग मिटिङ तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बै‌किङ सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन्। साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्यूआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन्। त्यसैगरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्नेछन्।

हालका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतः अद्यावधिक हुनेछ। स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन्। साथै, वेव ब्राउजरमा चलाउन यहाँ (क्लिक गर्नुहोस्) लग इन गर्न सकिनेछ

सानिमा बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .