राजनीति


निर्मला पन्त काण्डमा बर्खास्त एसपी डिल्लीराज विष्टको पुनर्बहाली

निर्मला पन्त काण्डमा बर्खास्त एसपी डिल्लीराज विष्टको पुनर्बहाली

नेपालखबर
पुस १५, २०७७ बुधबार १५:३०,

निर्मला पन्त बलात्कार तथा हत्याकाण्डमा बर्खास्त भएका एसपी डिल्लीराज विष्टको पुनर्बहाली भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो।

२०७५ साउन १० गते भएको कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको थियो भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्रबहादुर खड्का, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए।

अन्य प्रहरी अधिकारी निलम्बनमा परे पनि विष्ट र प्रहरी निरीक्षक भट्टलाई प्रधान कार्यालयको सिफारिसमा गृहले बर्खास्त गरेको थियो। भट्टलाई पनि पुनर्वहाली गर्न मन्त्रिपरिषदले निर्णय गरेको एक मन्त्रीले बताए। 

भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त र निलम्बन गरिएका प्रहरी अधिकारीहरुलाई पछि अदालतले निर्दोष सावित गरेको थियो।

जिल्ला अदालत कञ्चनपुरले बर्खास्तमा परेका विष्टसहित निलम्बन गरिएका सबै प्रहरीहरूलाई गत साउन १५ गते सफाइ दिने फैसला गरेको थियो।

यो पनि :

निर्मला बलात्कार/हत्या प्रकरण : निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा फर्किंदै

निर्मला हत्याकाण्डमा मुद्दा लागेका ८ प्रहरीलाई जिल्ला अदालतबाट सफाइ

सफाइ पाएका प्रहरी भन्छन् स् हामीले त मुक्ति पायौं, अब निर्मलाले न्याय पाउनुपर्छ

निर्मला हत्याकाण्ड : अदालतले प्रहरीलाई सफाइ दिने यी हुन् आधार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad