कारोबार


नेपाल भेन्टिलेटर बैंकलाई फोन पे मार्फत सहयोग रकम हस्तान्तरण

नेपाल भेन्टिलेटर बैंकलाई फोन पे मार्फत सहयोग रकम हस्तान्तरण

नेपालखबर
पुस १५, २०७७ बुधबार १४:५२,

नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोन पे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ।

यस अभियान अन्तरगत फोन पे नेटवर्कबाट अन्तर बैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइएको थियो। यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको हो।

सहयोग रकम एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गरे। भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागू गरिएको थियो।

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, ‘यो विषम परिस्थितिमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले भेन्टिलेटर बैंकलाई थोरै भएपनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ।’

फाेन पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो। फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढी मर्चेन्ट रहेका छन्।

११ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।

६० भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरूको साथ नेपाल भेन्टिलेटर बैंकले १७ जिल्लामा सरकारी, सामुदायिक र निजी अस्पतालहरूलाई सेवा प्रदान गर्दै आएको र १००० भन्दा बढि व्यक्तिको ज्यान बचाउन सहयोग गरेको छ। प्रत्येक प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने उदेश्यले नेपाल भेन्टिलेटर बैंकले भर्खरै गण्डकी प्रदेश, पोखरामा आफ्नो पहिलो प्रदेश कार्यालय सुरू गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad