समाज


मुठ्ठीदानबाट लुम्बिनीमा महासिद्ध विश्व शान्ति बाटिका बनाइँदै

मुठ्ठीदानबाट लुम्बिनीमा महासिद्ध विश्व शान्ति बाटिका बनाइँदै

प्रकाश न्यौपाने
पुस १५, २०७७ बुधबार १६:६,

बुद्ध जन्मस्थल लुम्बिनीमा महासिद्ध विश्व शान्ति बाटिका (सेन्चुरी फर युनिभर्सल पिस) बन्दै छ। उक्त बाटिका निर्माणका लागि बुधबार लुम्बिनीमा मुठ्ठीदान गरिएको छ।

मुठ्ठीदानबाट लुम्बिनीमा बाटिका बनाई उक्त बाटिकालाई विश्व शान्तिको सांस्कृतिक थलो बनाइने निर्माणकर्ताले जनाएका छन्। धनी, गरिब सबैले एकएक रुपैयाँ दिएर आफ्ने पनि सहभागिता र लगानी छ भन्न सक्ने अपनत्व गराउन बाटिका निर्माणका लागि एक रुपैयाँमा मुठ्ठी दान अभियान चलाइएको निर्माणकर्ता धर्मगुरु स्याल्पा तेन्जिङ रिम्पुचेले जानकारी दिए।

लुम्बिनीमा निर्माणाधीन ‘सेन्चुरी फर युनिभर्सल पिस’ नामक उक्त बाटिका निमार्णको लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले नेपाली एक रुपैयाँ दिएर अभियानको सुरुवात गरेका थिए। लाखौंलाख दान लिनुभन्दा पनि सबैको सहभागितामा बाटिक निर्माण गर्ने उद्देश्यले मुठ्ठी दान आह्वान गरिएको रिम्पुचेले बताए।

लुम्बिनीमा बन्न लागेको यो बाटिकामा विश्वका आध्यामिक गुरुहरु आएर ज्ञान, ध्यान गर्न सक्ने बताइएको छ। मुठ्ठी दान कार्यक्रममा सहभागी हुन बुधबार नेपाल विद्युत प्राधीकरणका पूर्व कार्यकारी अधिकृत कुलमान घिसिङ लुम्बिनी आएका थिए। उनले १ रुपैयाँ मुठ्ठी गर्दै विश्व शान्तिस्थल र बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीमा मुठ्ठी दान गर्न पाउँदा खुशी लागेको बताए। उनले सबैलाई सहभागी भई मुठ्ठीदान गर्न आह्वान गरे।

नेपालबाट सुरु गरिएको मुठ्ठीदान अभियानलाई विश्वका बुद्ध, हिन्दू, जैन, सिख गरेर ओमकार परिवारका सबै सदस्यबाट एक रुपैयाँ दान लिएर बाटिका बनाइँदैछ। बाटिकाभित्र बुद्धसँग सम्बन्धित विभिन्न पुस्तकहरु संग्रह गरी पुस्तकालय बनाइने छ। यस्तै ध्यानस्थल, सभाकक्ष, शान्तिवार्ता कक्ष लगायत बनाइने छ।

बाटिका अत्याधुनिक बन्ने निर्माणकर्ताले जनाएका छन्। बाटिकाको डिजाइने जर्मनमा गरिएको थियो। विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुलेसमेत साधना गर्ने स्थलको रूपमा दुई वर्ष अघिबाट लुम्बिनीमा उक्त गुम्बाको निर्माण भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad