प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका आफू निकट कार्यकर्ताहरुलाई सम्बोधन गर्ने भएका छन्।
बुधबार दिउँसो कार्की पार्टी प्यालेस बबरमहलमा नेकपा ओली समूहको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।
नेकपा सुदूपीश्चम प्रदेशका इन्चार्ज लेखराज भट्टले कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशिक्षणत्मक सम्बोधन गर्ने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै देशभर नेकपा विभाजित अवस्थामा पुगेको छ। अध्यक्ष एवं प्रधानमन्त्री ओली नेतृत्व नेकपा सरकारमा छ भने प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्रीको ककदम असंवैधानिक भएको भन्दै प्रदर्शन गरिरहेको छ।
आजै प्रचण्ड नेपाल समुहको बैठक पेरिसडाँडामा बसिरहेको छ। उक्त बैठकले प्रधानमन्त्रीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्ने बताइएको छ।

प्रतिक्रिया