कारोबार


चन्द्र ढकालले भनेः सरकार नीतिनिर्माता मात्रै हो, ‘रियल एक्टर’ त निजी क्षेत्र हो

चन्द्र ढकालले भनेः सरकार नीतिनिर्माता मात्रै हो, ‘रियल एक्टर’ त निजी क्षेत्र हो

नेपालखबर
पुस १५, २०७७ बुधबार ६:५५,

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले पनि नेपाली राजनैतिक नेतृत्वमा निजी क्षेत्रको हेराई परिवर्तन भइ नसकेको बताएका छन्।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलअन्तर्गत बुधबार भएको कोरोनाकालीन उद्योग वाणिज्य सेसनमा बोल्दै उनले निजी क्षेत्र नाफाखोर भन्ने परम्परागत सोचाइमा परिवर्तन गर्नु आवश्यक रहेको बताए।

‘सरकारबाट नीति आउँछ। तर रियल एक्टर भनेकै निजी क्षेत्र नै हो’, उनले भने, ‘रोजगारी सृजना, कर तिर्ने, भौतिक पूर्वाधार निर्माण गर्नमा अग्रणी भूमिका निजी क्षेत्रको हुन्छ। त्यसैले निजी क्षेत्रलाई नाफाखोर भनी हेर्ने परम्परागत सोचाइमा परिवर्तन हुनु आवश्यक छ।’

अहिले सरकारी हेराइमा परिवर्तन आइरहेको भए पनि खुलेर निजी क्षेत्रलाई सरकारको सहयोग नभएको उनले बताए। उनले बजेट र मौद्रिक नीतिमा कोरोनाले थिलथिलो पारेको निजी क्षेत्रलाई समेट्ने प्रयास गरे पनि त्यसको कार्यान्वयन अझै नहुँदा सरकारी सहयोगको अनुभव गर्न नपाइएको बताए।

‘निजी क्षेत्रले सरकारबाट सपोर्ट खोजे, जहिले पनि माग्छन् मात्रै पनि भनिन्छ’, उनले थपे, ‘निजी क्षेत्र नै जीवित नरहे सरकारको आम्दानीसँगै सयौंको रोजगारी पनि गुम्छ। नेतृत्वहरुले नबुझेको छैन तर ढुकुटीको साइज सानो भएकाले सहयोग गर्ने बेला बुझे पनि नबुझेजस्तो गरेको देखिन्छ।’

उनले कोरोनाका कारण चार महिना सबैथोक ठप्प रहेको र अहिले पनि पर्यटनलगायत सेवामूलक व्यवसायहरु ठप्प रहेको बताए। कोरोना अवधिमा पनि श्रमिकहरुलाई कम्तीमा ५० प्रतिशत तलब दिन सकिएको उनले बताए।

उनले कोरोनाले नेपाललाई डिजिटलतर्फको यात्रामा अघि बढाएको बताउँदै भविष्यमा आउने यस्तै संकटमा तयार रहन सहयोग पुर्याएको समेत बताए। उनले डिजिटल कारोबारलाई सरकारले बढीभन्दा बढीले प्रयोग गर्ने गरी खुकुलो नीति ल्याउनुपर्ने र दुरुपयोग गर्नेलाई कडा कारबाहीको व्यवस्था गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad