राजनीति


चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्क्याे चिनियाँ टोली

चार दिने नेपाल भ्रमण सकेर स्वदेश फर्क्याे चिनियाँ टोली

नेपालखबर
पुस १५, २०७७ बुधबार ६:०,

चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु बुधबार बिहान स्वदेश फर्केका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली हिमालय एयरलाइन्सबाट आज बिहान ९ः४० बजे स्वदेश फर्किएको हो।

चार दिने नेपाल भ्रमणका क्रममा सो उच्चस्तरीय प्रतिनिधि मण्डलले नेपालको शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो।

आइतबार दिउँसो काठमाडौं ओर्लिएको टोलीले सोहीदिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो।

सोमबार नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए।

उनले मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। त्यसैगरी जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि सो टोलीले भेटेको थियो।

संसद विघटन गरिएको र सत्तारुढ नेकपा विभाजनतर्फ गएको अवस्थामा नेपालमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमबीच चीनबाट उच्चस्तरीय टोलीले गरेको भ्रमणलाई अर्थपूर्ण

रुपमा लिइएको छ। चिनियाँ पक्षले भने यो भ्रमण र भेटवार्ताहरुबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad