उनले पूर्वी–लद्दाखको वास्तविक नियन्त्रण रेखामा जारी विवादको विषयलाई लिएर अझै वार्ता हुने बताउँदै अहिले उक्त विवादित क्षेत्रमा यथास्थितिको अवस्था रहेको जनाए।
अर्को चरणको वार्ता सैन्यस्तरमा हुने सिंहको भनाइ छ। समाचार संस्था एएनआईसँगको अन्तर्वार्तामा रक्षामन्त्री सिंहले भने,‘यथास्थितिको अवस्था रहिरहे सीमामा तैनाथ हुने सेनाको संख्या कम हुनेछ।’
सो क्रममा सिंहले चीनको नीति विस्तारवादी रहेको बताउँदै भने,‘यदी विस्तारवादी सोचका साथ कसैले भारतीय भूमि कब्जा गर्ने प्रयास गर्छ भने भारतसँग त्यस्तो शक्ति छ जसले आफ्नो भूमि रक्षा गर्नसक्छ।’
‘भारतले आफ्नो आत्मसम्मानमा चोट पुर्याउने कुनै कदमलाई सहन सक्दैन। भारत आफ्नो गौरवलाई लिएर कहिल्यै सम्झौता गर्न सक्दैन’ उनले चीन र भारतलाई इंगित गर्दै भनेका छन्,‘जसले हामीलाई जिस्क्याउँछ त्यसलाई हामी छाड्दैनौं। तर हाम्रो प्रयास सँधै सबैसँग राम्रो सम्बन्ध रहोस् भन्ने हो।’
Shares

प्रतिक्रिया