राजनीति


प्रचण्ड–नेपाल समूहले बोलायो बागमती प्रदेश संसदीय दलको बैठक

प्रचण्ड–नेपाल समूहले बोलायो बागमती प्रदेश संसदीय दलको बैठक

नेपालखबर
पुस १५, २०७७ बुधबार ५:१३,

 प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार बागमती प्रदेश संसदीय दलको बैठक बोलाएको छ।

मुख्यमन्त्री पौडलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको सो समूहले नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको छ।

नेतृ शाक्यले अहिले ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाएको बागमती प्रदेशका एक सांसदले जानकारी दिए। उनले बैठकले शाक्यलाई दलको नेता चुन्ने बताए।

मुख्यमन्त्री एवं संसदीय दलका नेता डोरमणि पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र र सचेतक बुद्धिमान माझीलाई मंगलबार पदमुक्त गरेका थिए।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि मुख्यमन्त्री पौडेलविरुद्ध ४५ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडलले जम्कट्टेल र माझीलाई पदबाट हटाएका थिए।

याे पनि : बागमतीका मुख्यमन्त्री पौडेलले जम्कट्टेल र माझीलाई पदबाट हटाए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad