राजनीति


‘ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ मैले भनेकै छैन : भीम रावल

‘ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ मैले भनेकै छैन : भीम रावल

नेपालखबर
पुस १४, २०७७ मंगलबार २३:४६,

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आफूले बोल्दै नबोलेको कुरा बोलेको भनी एक सञ्चारमाध्यमले लेखेको भन्दै गम्भीर आपत्ति प्रकट गरेका छन्।

उनका अनुसार आफूले ‘ओली (प्रधानमन्त्री) को शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ भनेको भनी एक समाचार माध्यमले खबर बनाएको हो। जुन कुरा आफूले भन्दै नभनेको भन्दै नेता रावलले सामाजिक सञ्जालमार्फत ‘घोर निन्दा’ गरेका हुन्।

जुन समाचार सोमबार धनगढीमा आयोजित कार्यक्रममा उनले गरेकाे सम्बाेधनपछि एक अनलाइनले प्रकाशन गरेको थियो।  

‘ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु। त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो,’ उनले भनेका छन्, ‘मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु। म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु।’

vimtw

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले पनि यसरी ‘बोल्दै नबोलेको कुरा बोलेको भनेर भीम रावलको बदनाम गर्नेहरू’लाई तुरुन्त माफी माग्न चेतावनी दिएका छन्।

bishnutwi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad