छापा खबर


११ महिनापछि नेपालमा कोरोना संक्रमणको पहिलो ‘वेभ’ सकिँदै, दोस्रो ‘वेभ’को जोखिम भने कायमै

११ महिनापछि नेपालमा कोरोना संक्रमणको पहिलो ‘वेभ’ सकिँदै, दोस्रो ‘वेभ’को जोखिम भने कायमै

नेपालखबर
पुस १४, २०७७ मंगलबार २३:२४,

कोभिड– १९ को संक्रमणदर ११ महिनापछि ओरालो लागेको छ । परीक्षण कम भए पनि पजिटिभ देखिने दर र अस्पतालमा भर्ना हुने संख्या न्यून हुँदै गएपछि विज्ञहरूले नेपालमा कोभिडको पहिलो ‘वेभ’ सकिन थालेको बताएका छन्।

तर, दोस्रो ‘वेभ’को उच्च जोखिम रहेको उनीहरूको भनाइ छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २६ मंसिरयता संक्रमण घटदै गएको छ । त्यसयता दैनिक एक हजारभन्दा बढी संक्रमित देखिएका छैनन् । मन्त्रालयका अनुसार विगतमा परीक्षणको ३३ प्रतिशतसम्म पुगेको संक्रमणदर अहिले ११ प्रतिशतमा झरेको छ । ६ कात्तिकमा ४७ हजार सात सय पुगेका सक्रिय संक्रमित घटेर मंगलबार ६ हजार तीन सय ९६ मात्रै छन् ।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । करिब ९८ प्रतिशत मृत्यु अस्पतालमा र दुई प्रतिशत मात्रै अस्पतालबाहिर भएको छ । संक्रमणबाट हालसम्म एक हजार आठ सय ४० जनाको अर्थात् कुल संक्रमितको ०.७ प्रतिशतको मृत्यु भएको छ । सरकारले यसलाई संक्रमणपछिको उपचार पनि सन्तोषजनक भएको दाबी गरेको छ।

भाइरसविज्ञ डाक्टर सन्तोष दुलालका अनुसार नेपालमा संक्रमणको पहिलो ‘वेभ’ अन्तिम चरणमा पुगेको छ । ‘पहिलो वेभबाट छुटकारा पाउने अवस्थामा पुगे पनि दोस्रो ‘वेभ’को उच्च जोखिम छ । त्यसैले सतर्कता कायमै राख्नुपर्छ,’ उनले भने । कतिपय मानिस परीक्षण गराउनै नगएको भए पनि सामान्यतया संक्रमण घट्दै गएको उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालय पनि दोस्रो ‘वेभ’ नियन्त्रणको पूर्वतयारीमा जुट्न थालेको छ । ‘पहिला ‘वेभ’ नियन्त्रणमा आउन लागेको भए पनि दोस्रो ‘वेभ’को जोखिम उत्तिकै छ । दोस्रो ‘वेभ’ आउन नदिन र आइहाले त्यसको व्यवस्थापन गर्न आवश्यक तयारीका कामहरू थालेका छौँ,’ स्वास्थ्यसचिव लक्ष्मण अर्यालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad