राजनीति


संविधानमाथिको प्रहार नसच्याए आन्दोलनको आँधी आउँछ : प्रचण्ड

संविधानमाथिको प्रहार नसच्याए आन्दोलनको आँधी आउँछ : प्रचण्ड

नेपालखबर
पुस १४, २०७७ मंगलबार १०:३६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथिको प्रहार नारोकिए आन्दोलनको आँधीबेहरी आउने बताएका छन्।

मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानमाथिको प्रहार रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे।

उनले जनता जागिसकेको बताउँदै निरंकुशताका पुजारीलाई जनताले नछाड्ने बताए। उनले अदालतलाई सही फैसाला गराउन सहजीकरणका लागि आन्दोलन भएको हो।

‘समयमै गल्ती सच्याइएन भने निरंकुशताका पुजारीलाई जनताले सजिलै हटाउनेछन्’, उनले भने, ‘सम्मानित सर्वोच्च अदालतलाई सही फैसला गर्नको जनताको प्रदर्शन भएको हो, सम्मानित अदालतलाई यो सहजीकरणका लागि भएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad