डिशहोमको इन्टरनेट सेवा ‘डिशहोम फाइबरनेट’मा ‘एकदाम दुईकाम’ अफर सञ्चालनमा आएको छ। डिशहोम फाइबरनेट जडान गर्दा डिशहोम टीभीको मासिक शुल्क निःशुल्क हुनेछ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्चगतिको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोम फाइबरनेटले ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विशेष छुटमा उपलब्ध गराउँदै आएको छ।
निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा वार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।
भैंसेपाटी, बुङमती, नयाँ बानेश्वर, तिनकुने, चाबहिल, कप्पन, बौद्ध, जोरपाटी, बूढानीलकण्ठलगायतका हुँदै आएको यो सेवा लिन उपभोक्ताले नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गरी वा ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ।
बिगत एक दशकभन्दा बढि समयदेखि डीटीएच सेवा प्रदान गर्दै आएको डिशहोम मिडिया नेटवर्क प्रा.लि.ले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो। कम्पनीले काठमाडौं उपत्यका बाहिर पनि यो सेवा विस्तारको तयारी गरेको छ।
Shares

प्रतिक्रिया