ad ad

राजनीति


केपी एन्ड कम्पनीको आयु पुगिसक्यो: माधव नेपाल

केपी एन्ड कम्पनीको आयु पुगिसक्यो: माधव नेपाल

नेपालखबर
पुस १४, २०७७ मंगलबार ९:२६,

नेकपाका अध्यक्ष माधवकुमार नेपालले निरंकुशताको बाटो समातेका केपी ओली एन्ड कम्पनीको आयु पुरा भएको दाबी गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित विरोध सभामा बोल्दै अध्यक्ष नेपालले ओलीले एकपछि अर्को प्रतिगमनकारी कदम चालेको आरोप लगाए।

ओलीले संसद विघटन गर्न पार्टीमा केही सहमति नलिएको उनले बताए। ‘पार्टीमा बसेर स्वच्छाचारी रुपमा काम गर्न पाइन्छ? पार्टी भनेको के हो? अनुशासन भनेको के हो? केपी ओलीलाई पार्टीसँग, अनुसानसँग मतलब छैन, व्यक्तिवाद, फुटवाद हावी भएको छ,’ नेपालले भने, ‘ओलीसँग कम्युनिष्टमा हुनुपर्ने गुण छैनन्, लोकतन्त्रवादीमा हुनुपर्ने आचारण पनि छैन त्यही भएर उहाँको कदमलाई अस्वीकार गर्नुबाहेक अरु विकल्प थिएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .