ad ad

राजनीति


मंसिर १४ मा उपनिर्वाचन

मंसिर १४ मा उपनिर्वाचन

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १४:३२,

निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका विभिन्न स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५० जनाकाे पद विभिन्न कारणले रिक्त छ।

तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २, प्रतिनिधिसभा सदस्यविहीन छ।

यस्तै, गण्डकी प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ का सांसद टेकबहादुर घर्ती, प्रदेश पाँच अन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर–१ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधनपछि प्रदेशसभाका तीन स्थान खाली छ।

स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४१ वडा अध्यक्षको पद रिक्त छन्। 

विभिन्न ३७ जिल्लामा उपमहानगरपालिका प्रमुख १,  गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका  तथा नगरपालिका वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ गरी ५० पदका लागि म‍सिर १४ गते एकै दिन निर्वाचन गरिने आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .