ad ad

कला


सीडीओको आत्मकथा ‘आफ्नै भूमि आफ्नै अनुभव’ सार्वजनिक

सीडीओको आत्मकथा ‘आफ्नै भूमि आफ्नै अनुभव’ सार्वजनिक

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १५:१,

पूर्व सीडीओे धनप्रसाद शर्मा पौडेलको आत्मकथा आफ्नै भूमि आफ्नै अनुभव आज राजधानीमा सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, साहित्यकार प्रमोद प्रधान, समिक्षक ज्ञानु अधिकारी, ठाकुर चापागाईँ, लेखक धनप्रसाद शर्मा पौडेल लगायतले पुस्तकको संयुक्त रुपमा रुपमा विमोचन गरेका हुन्।

सभामुख महराले कुनै बेला आफू हटारु पत्रिकाको सम्पादक रहेको र पत्रिकाकै कारण तीन महिना जेल परेको बताए। त्यतिबेला आफूले पनि कविता लेख्ने गरेको प्रसंग कोट्याउदै महराले सबैमा कवि हृदय हुने तर सबैलै अभिव्यक्त नगर्ने गरेको सुनाए। मन्तव्यका क्रममा महराले धनप्रसाद शर्मा पौडेल देश र जनतालाई माया गर्ने प्रशासक रहेको भन्दै पुस्तकमा सिक्नुपर्ने थुप्रै कुराहरु रहेको धारणा राखे।

पत्रकार एवं समिक्षक प्रमोद प्रधानले बजारमा थुप्रै आत्मकथाका किताब आएपनि ती अर्कैले लेखिदिएकाले आत्मरती मात्र रहेको भन्दै आफ्नै भूमि आफ्नै अनुभवमा लेखकले आफ्ना कमी कमजोरी पनि उल्लेख गरेको बताए। ‘किताबमा सफलता असफलता दुवै कथा छन्। विशिष्ट व्यक्तिको यस्तो अनूभुति आउनु धेरै राम्रो हो’ , उनले थपे।

त्यसैगरि समिक्षक ज्ञानु अधिकारीले किताबमा प्रशासनिक जीवनका आरोहअवरोहका साथै कतै पुस्तक संस्मरण जस्तो, कतै नियात्रा जस्तो त कतै निबन्ध जस्तो रहेको बताइन्। उनले किताब पढ्दा पाठकलाई रोचक नै लाग्ने धारणा राखिन्। लेखक पौडेलले किताब लेख्नुका कारण बताउनुका साथै जागिरे जीवनका केही अनुभूति समेत पस्केका थिए।

बिएन पुस्तक संसारका अध्यक्ष ठाकुर चापागाईँको अध्यक्षतामा संचालित सो कार्यक्रमको सहजीकरण उपन्यासकार अनुपम रोशीले गरेकी थिइन्।

सूर्य बिसीले सम्पादन गरेको सो पुस्तकको बजार मूल्य ३०० रुपैँया रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .