ad ad

राजनीति


७७ वटै जिल्लाका निर्वाचन क्षेत्रमा आज कांग्रेसको प्रदर्शन, उपत्यकामा यी नेताले गर्दै छन् सम्बोधन

७७ वटै जिल्लाका निर्वाचन क्षेत्रमा आज कांग्रेसको प्रदर्शन, उपत्यकामा यी नेताले गर्दै छन् सम्बोधन

नेपालखबर
पुस १३, २०७७ सोमबार ५:५८,

संसद विघटन गर्ने सरकारको कदमविरुद्ध नेपाली कांग्रेसले आज देशव्यापी विरोध प्रदर्शन गर्दै छ।

काठमाडौं उपत्यकालगायत ७७ वटै जिल्लाका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो।

काठमाडौंका दशवटा निर्वाचन क्षेत्र, भक्तपुरमा २ र ललितपुरका ३ वटै निर्वाचन क्षेत्रमा दिउँसो १ बजे प्रदर्शनसहितको विरोध सभा राखिएको नेपाली कांग्रेसका नेताहरुले जनाएका छन्।

सभापति शेरबहादुर देउवाले भक्तपुर ठिमीमा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्दैछन्। वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँको दुवै निर्वाचन क्षेत्रमा हुने विरोध कार्यक्रममा सहभागी हुँदै छन्।

यस्तै पूर्वमहामन्त्री प्रकाशमान सिंहले बानेश्वरको सभालाई सम्बोधन गर्दै छन्।

प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा हुने विरोध सभामा सम्बोधन गर्दै छन्। यसैगरी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काठमाडौंको बसन्तपुरमा हुने विरोध सभामा सम्बोधन गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .