ad ad

राजनीति


अध्यक्ष नेपालसँग भेटवार्तामा चिनियाँ टोली

अध्यक्ष नेपालसँग भेटवार्तामा चिनियाँ टोली

नेपालखबर
पुस १३, २०७७ सोमबार ६:२१,

चार दिने नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाका नेताहरुसँग भेट वार्ता गरिरहेको छ।

सोमबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको टोलीले अहिले पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष माधवकुमार नेपालसँग बानेश्वरस्थित एक होटेलमा भेट गरिरहेको हो।

पूर्वप्रधानमन्त्री नेपालसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौसहित चार जना सहभागी छन्।

आइतबार नेपाल आइपुगेको टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई र राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो।

सोमबार नै नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गर्ने तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .