ad ad

समाज


प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ, मृतक दुवै प्रहरीको एक तह बढुवा

प्रहरी हत्याका मुख्य योजनाकार पक्राउ, मृतक दुवै प्रहरीको एक तह बढुवा

नेपालखबर
पुस १३, २०७७ सोमबार ५:४३,

कैलालीमा दुई जना प्रहरीको हत्याका मुख्य योजनाकार भनिएका व्यक्ति पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका १० जुगेडाका ३४ वर्षीय सुकबहादुर भन्ने अमर रानालाई सूदुरपश्चिम प्रहरीले पक्राउ गरेको हो।

उनी घटनापश्चात् भारततर्फ भागेका थिए। उनी नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले आइतबार राति सिमाना नजिकैबाट पक्राउ गरेको हो।

उनलाई सोमबार जिल्ला अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ। गत कात्तिक १ गते राति साढे १० बजे अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउदको सीमावर्ती क्षेत्रमा गस्ती गएका बेला हत्या भएको थियो।

जुगेडा कटान एरियामा भारततर्फ गोरु गाडामा मटर तस्करी गरिरहेको अवस्थामा गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले दुवै जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए। उनीहरुको शव एक जनाको भोलिपल्ट र अर्काको तीनदिनपछि नदीमा फेला परेको थियो।

घटनामा संलग्न ९ जना पर्कु भन्ने रोहित राना ,राजेन्द्र राना, चोर भन्ने सुरेश राना ,गब्बर भन्ने राज कुमार राना, राम निवास राना, टल्लु भन्ने दलराम राना, रोहित राना, गोपाल भन्ने राम गोपाल राना र राजिव गुप्तालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता भइसकेको छ।

उनीहरुमध्ये अदलतले मंसिर ८ गते ८ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। राजिव गुप्ता डेढ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

यसैबीच त्यहाँ ज्यान गुमाएका दुवै प्रहरीको एक तह बढुवा गरिएको छ। बिक प्रहरी नायव निरीक्षक र साउदलाई प्रहरी हवल्दारमा पदोन्नति गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .