राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गतेबाट सुरु हुनेगरी राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।
पुस १७ गते शुक्रबारका दिन अपरान्ह ४ बजे बस्नेगरी राष्ट्रपतिद्वारा संसदको उपल्लो सदनको अधिवेशन आह्वान गरिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गरेका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको थियो।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संघीय संसदको तल्लो सभा प्रतिनिधि सभा विघटन गरिएको छ। जसका कारण प्रतिनिधि सभातर्फका समितिहरु समेत अस्तित्वमा छैनन्।
प्रतिनिधि सभातर्फ रिक्तता भएका बेला राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको छ।
27
Shares

प्रतिक्रिया