समाज


चितुवा मारेर फरार व्यक्ति सालकको खपटा र सुकुटीसहित पक्राउ

चितुवा मारेर फरार व्यक्ति सालकको खपटा र सुकुटीसहित पक्राउ

नेपालखबर
पुस १२, २०७७ आइतबार १२:३२,

चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ वन्यजन्तु सालकको खपटासहित तीन जना तस्कर पक्राउ परेका छन्।

चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना, बादरझुला बीओपीबाट खटिएका सशस्त्र प्रहरी र निकुन्ज प्रशासनको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई अखेटोपहारसहित कसरास्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाईएको छ।

सालकको खपटा अन्दाजी ३७५ ग्राम र सुकुटी अन्दाजी ३०० ग्राम सहित पक्राउ परेका व्यक्तिहरुमा चितवनको माडी नगरपालिका–९ प्लट नं. ६ बस्ने वर्ष ५६ को केशरबहादुर तामाङ, प्लट नंं २ बस्ने वर्ष ३२ को शुक्रप्रसाद तामाङ तथा विगतमा चितुवा मारी चितवन राष्ट्रिय निकुञ्जको फरार प्रतिवादीको सूचिमा रहेका सोही स्थान बस्ने पंचलाल प्रजा रहेका छन्।

‘अपरेशन महाहण्ट–७’ अन्तर्गत भइरहेका प्रयासहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad