राजनीति


नेपालका लागि भारतका पूर्वराजदूत पुरीको दाबी : प्रधानमन्त्री ओलीले राजसंस्था फर्काउने सम्भावना छ

नेपालका लागि भारतका पूर्वराजदूत पुरीको दाबी : प्रधानमन्त्री ओलीले राजसंस्था फर्काउने सम्भावना छ

नेपालखबर
पुस १२, २०७७ आइतबार १:१३,

नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका छन्।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतकाे अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’ मा लेख लेख्दै पूर्वराजदूत पुरीले वर्तमान घटनाक्रम हेर्दा नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नकार्न नसकिने विश्लेषण गरेका हुन्।

पुरीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच यस विषयमा सम्झौता भएको हुन सक्ने आशंका गरेका छन्।

उनले लेखेका छन्, ‘राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरबीच कुनै सम्झौता भएकाे हुन सक्ने देखिन्छ। पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन।’

ओलीले पहिले पनि आफू सांस्कृतिक राजाका पक्षमा रहेको बताउने गरेको उल्लेख गर्दै पूर्वराजदूत पुरीले पूर्वराजा र ओलीबीच राजसंस्था फर्काउने सहमति भएको हुन सक्ने विश्लेषण गरेका छन्। 

पछिल्लो समय देशभर राजावादीको प्रदर्शन हुन थालेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित नेपालकै कतिपय राजनीतिक दलले समेत प्रधानमन्त्री ओली राजावादीप्रति ‘नरम’ देखिएको आरोप लगाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad